खेलकुद

प्रथम फालेलुङ अध्यक्ष कपमा महिला तर्फ वडा नम्वर ६ र पुरुषतर्फ ७ नम्बर वडा विजयी

पाँचथर : पाँचथरको फालेलुङ गाँउ पालिकामा आयोजित प्रथम फालेलुङ अध्यक्षकपमा महिला फुटवल तर्फ वडा नम्वर ६ र पुरुषतर्फ वडा नम्वर ७ विजयी भएका छन ।
वुधवार सम्पन्न प्रतियोगिताको फाइनलमा फालेलुङ ७ की श्रृष्टी राईको गोलले फालेलुङ ६ लाई महिला फुटवलको उपाधी दिलाएको हो ।
पुरुष फुटवलतर्फ पनि प्रतिश्पर्धी वडा नम्वर ३ लाई ० विरुद्ध १ गोल गर्दै वडा नम्वर ७ को टिम प्रथम भएको छ । विजेता टिम र खेलाडीलाई गाँउ पालिका अध्यक्ष सञ्चकुमार केरुङ सहितका जनप्रतिनिधि र अतिथिले पुरस्कार वितरण गरेका थिए ।
पुरुष तर्फको विजेता टिमले नगद ५० र उप विजेताले ३० हजार तथा महिला तर्फको विजेताले ३० र उप विजेताले २० हजार पुरस्कार पाएका छन । प्रतियोगिता फालेलुङ गाँउ पालिकाको सहयोग तथा तीन सिमाना जन सेवा समाजले आयोजना गरेको हो ।