फिचर

पाँचथरमा किशोरी वलत्कार गरेर भागेका युवक इलाममा पक्राउ

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका(२ राजाबेशी की १४ बर्षीया कोशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ ।
करणीको आरोपमा ईलाम देउमाई नगरपालिका(४ मंगलबारे बस्ने वर्ष २३ को समीर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । राईले किशोरीलाई सोमवार बिहान ७ बजे करणी गरेर भागेको भन्ने सूचनाको आधारमा तत्काल इलाका प्रहरी कार्यालय अमरपुर र प्रहरी चौकी कावेलीबाट खटिएको प्रहरी टोलीले अपरान्ह ५ बजे पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।