विश्व

६ दशमलव १ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या ११ पुग्यो

फिलिपिन्समा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

लुजन आइल्याण्डलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण दर्जनौ घर भत्किएका छन् । ती घरमा दर्जनौं मानिस पुरिएका छन् ।

भूकम्पमा परेर कम्तिमा २० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेपछि हवाई सेवा अवरुद्ध बनेको छ ।भूकम्पले राजधानी मनिलामा पनि क्षति पु¥याएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धाकार्य तीब्र गतीमा भइरहेको अधिकारीहरुले जनाएका छन् ।

एजेन्सी