फिचर

लिम्वुवान बिरोधी लिम्वूहरु माथि कुमार लिङदेनको यस्तोे आक्रोश (भीडियो सहित )

संघीय लिम्वुवान मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले एक नम्वर प्रदेशलाई लिम्वुवान नामकरण गर्न नदिन लिम्वुवान क्षेत्रका लिम्वू सांसद नै सकृय भएको वताएका छन । फिदिममा आयोजित संघीय लिम्बूवान मञ्चको जनवर्गीय संठन लिम्वुवान युवा मञ्च र संघीय विद्यार्थी युनियनको तेस्रो जिल्ला अधिवेशनमा प्रमूख वक्ताका रुपमा वोल्दै उनले यस्तो वताएका हुन ।
लिम्वुवान नाम कुनै जाती विशेषको नभएको बताँउदै प्रदेश सरकारले संघीय सरकारकै इसारामा यस्को नामांंकन किराँत राख्न खोजेको आरोप पनि लगाए । लिम्वुवान क्षेत्रवाट जितेर गएका सांसदहरु नै लिम्वुवान राज्यका पक्षमा नरहेकोमा उनलले आक्रोश पोखेका थिए । अव लिम्वुवान क्षेत्रमा कांग्रेस नेकपा वा जुनसकुै दलवाट चुनाव लड्न नआउन उनको सुझाव थियो ।
लिङदेनले नव निर्वाचित लिम्वुवान युवा मञ्च र संघीय विद्यार्थी युनियनका नव निर्वाचित पदाधिकारीलाई सपथ पनि खुवाएका छन ।