फिचर

नेपाल कम्युनिष्ट पार्टीका ७७ जिल्ला अध्यक्ष र सचिवको टुंगो लाग्यो

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनका कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ ।