मोफसल

नेपालकाे पहिलाे भू-उपग्रह अन्तरिक्षमा प्रक्षेपण

नेपालको स्याटेलाइट अर्थात् भू(उपग्रह पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ।अमेरिकी अन्तरिक्ष निकाय नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिन्सट्रेसन ९नासा० का अनुसार सो स्टालाइट भर्जिनिया राज्यको तटस्थित वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र तर्फ प्रक्षेपण गरीएको हो।

सो भू(उपग्रह नेपाली समयानुसार बिहीबार बिहान २ः३१ मा प्रक्षेपण गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान ९नास्ट०ले जनाएको छ।

भू(उपग्रह आकारमा सानो भए पनि नेपालको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा भू(उपग्रह पुग्ने भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसी व्यक्त गरिरहेका छन्।

‘वर्डस्(३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम’ अनुसार नेपालीसहित ३ देशका भू(उपग्रहलाई एकैसाथ अन्तरिक्षमा पठाइएको हो। यस कार्यक्रमअन्तर्गत नेपालसहित श्रीलंका र जापानको पनि भू(उपग्रह सोतर्फ पठाइएको छ।नेपाली भू(उपग्रहलाई ‘नेपाली स्याट(१’ नाम दिइएको छ। नेपाली भू(उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखेर अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।

नेपाली भू(उपग्रहको निर्माण नेपाली वैज्ञानिक आभाष मास्केसहितको टोलीले गरेको हो। भू(उपग्रहलाई जापानमा निर्माण गरिएको हो। उनका अनुसार ‘नेपाली स्याट(१’ को तौल एक किलो ३ सय ग्राम छ।नेपालको इतिहासमा पहिलो पटक प्रक्षेपण भएको यस भू(उपग्रहको निर्माण तथा प्रक्षेपणका लागि नेपाल सरकारको प्रतक्ष संलग्नता थियो। नास्टका अनुसार यस कार्यक्रमका लागि सरकारले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। नेपालले यस क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकोले सरकारले प्रत्यक्ष सरोकार राख्नुपर्नेमा वैज्ञानिकहरु जोड दिन्छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगिसकेपछि यो भू(उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ। सोपश्तात् मात्रै यसले काम गर्न थाल्नेछ। अन्तरिक्षमा पृथ्वीलाई चक्कर लगाउने यसल भू(उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ।यसको सहयोगबाट नेपालले आफ्नो भू(भागको मौसम, पानी, तापक्रम आदिका बारेमा जानकारी प्राप्त गर्नसक्छ। यसका लागि भू(उपग्रहबाट प्राप्त गरिने तस्बिरहरू स्रोत हुनेछन्। नास्टका अनुसार ती तस्बिरहरु प्राप्त हुनासाथ सञ्चारमाध्यममा समेत प्रकाशित गरिनेछ।

सो प्राप्त गर्नका लागि नेपालले आफ्नै एक स्टेसन तयार गर्नुपर्ने हुन्छ। सोको तयारी भइरहेको र निर्माण प्रकृया पनि चाँडै फत्ते हुने नास्टले जनाएको छ।

सामान्यतया यस्ता भू(उपग्रहहरु ३ महिनादेखि १ वर्षसम्म अन्तरिक्षमा रहनसक्ने भएपनि कुनै(कुनै भू(उपग्रहहरु भने १० वर्षसम्म पनि अन्तरिक्षमा रहनसक्ने बताइएको छ। ‘नेपाली स्याट(१’ भने लामो समय अन्तरिक्षमा नरहने बताइएको छ।

स्रोत radionrn