फिचर

भारपामा खानेपानी सञ्चालन १ सय २१ का घर–घरमा धारा

पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ६ र ७ मा निर्माणाधिन गैरीगाँउ सल्लेरी खानेपानी आयोजनाको काम सम्पन्न भएर उद्घाटन गरिएको छ । गोर्खा वेल्फेयर सेन्टरको सहयोगमा सञ्चालनमा खानेपानी आयोजना सञ्चालनमा आएको हो । गोर्खा वेल्फेयर सेन्टरको १ करोड २८ लाख रुपैंया सहित स्थानीयको ५९ लाख ९६ हजार रुपैंयाका जनश्रमदान गरी १ करोड ९९ लाख ९६ हजारको लागतमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।
आयोजनाबाट हिलिहाङ सल्लेरीका १ सय २१ वटा घर र त्यहाँका परिवार लाभान्वित भएका छन । ट्याङकी,पाइपलाई विस्तार र घर घरमा धारा निर्माणसँगै पानी झर्न थालेपछि योजनाको उद्घाटन गरिएको हो । खानेपानी योजनाको उद्घाटन हिलिहाङ गाँउ पालिका प्रमूख भुवानीप्रसाद लिङदेनले प्रमूख अतिथिको आसनवाट गर्नुभयो । कार्यक्रममा योजनाको सार्वजनिक सुनुवाई समेत गरिएको थियो ।
कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत प्रविण दाहाल सहित जनप्रतिनिधि र स्थानीय उपस्थित थिए ।