फिचर

पुर्व राजा ज्ञानेन्द्र शाहको पछुवा गाडीले ठक्कर दिएका २२ वर्षीय अर्का युवकको पनि ज्यान गयो


पाँचथर पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थलमा छाडेर झापा फर्कदै गरेको कारको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गत बुधवार पूर्व राजा ज्ञानेन्द्रलाई झापाको दमकबाट विराटनगर विमानस्थलमा छाडेर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको सशस्त्र प्रहरीले प्रयोग गर्ने पछुवा गाडीको ठक्करबाट इटहरी उपमहानगरपालिका– ९ का २२ वर्षिय हेम चौधरीको मृत्यु भएको थियो । दुर्घटनामा सोही ठाउँका प्रकाश चौधरी गम्भिर घाइते भएका थिए । घाइते चौधरीको विराटनगर अस्पताल ९ विराट नर्सिङहोम० मा उपचारका क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिने सुरक्षाकर्मी सवार बा ३ च ७९६२ नम्बरको कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट हेमको घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक प्रकाश चौधरीे गम्भिर घाइते भएका थिए ।

घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । बुधवार सुन्दरहरैँचामा दिनभरी आल्मुनियमको काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्व राजा ज्ञानेन्द्रलाई एयरपोर्टमा छाडेर फर्कीएको सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीले ठक्कर दिएको थियो ।

रेडियो मितेरी Live

नेपाल