फिचर

एउटै कार्यालयको कर्मचारीले खाए ३० करोड घुस

भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम छ । त्यो कुनै भित्तामा त टाँसिएको छैन । तर कर्मचारी र एजेन्टलाई कण्ठै छ ।

भैरहवा भन्सार नजिकै सानो गल्लीभित्र रहेको भन्सार एजेन्टको अड्डामा पुग्दा घुसको दररेट फेला पर्‍यो । ती एजेन्टका अनुसार प्रत्येक गाडी पास हँुदा औसतमा १५ सय कर्मचारीको हातमा राखिदिनुपर्छ । भैरहवा भन्सारबाट दैनिक करिब साढे पाँच सय मालवाहक गाडी मुलुकमा भित्रिन्छन् । यो दररेटले भैरहवा भन्सारमा दैनिक सवा आठ लाखको घुस कारोबार हुन्छ । वर्षमा ३० करोडभन्दा बढी । यो कारोबारमा भन्सार छल्ने चलखेलका ठूला योजना र यात्रु कक्षको कारोबार जोडिँदैन । कसले बुझ्छ त यति धेरै घुस रु ती एजेन्टले निर्धक्क भने– ‘पिउनदेखि मन्त्रीसम्म ।’

‘अरू ठूला घटनाको त मालअनुसार मोलतोल गर्ने हो, व्यापारीलाई धेरै नाफा हुने रहेछ भने त्यसअनुसारकै रकम भुक्तानी हुन्छ,’ ती एजेन्टले भने । यात्रु कक्ष भनेको साइकल, साना गाडी, झोलामा ल्याइएका सामानको भन्सार गर्ने स्थान हो । त्यहाँ भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमतिपत्रसमेत दिइन्छ । जुन मूल भन्सारको राजस्वको नगण्य प्रतिशत हुन्छ । भैरहवा भन्सारका प्रमुख कमलकुमार भट्टराईका अनुसार यसले राजस्व संकलनमा खास प्रभाव राख्दैन ।

तर यो सबैभन्दा घुसको कारोबार हुने स्थान हो । ‘।।।भन्दा देख्नेलाई लाज’ भनेजस्तै यहाँ खुलमखुला घुसको बार्गेनिङ हुन्छ । सीसीटीभीकै अगाडि घुस लेनदेन हुन्छ । कम मूल्यांकन गरिदिएबापत कर्मचारीले खल्ती भर्ने काम यही स्थानमा हुन्छ ।

भन्सारमा जे देखियो

भैरहवा भन्सार कार्यालय । शनिबार बिहान ठिक १० बजे ९भन्सार शनिबार पनि खुला हुन्छ० । अन्नपूर्णको टोली अड्डामा पुग्दा कार्यालयमा सेवाग्राही आइसकेका थिए । तर अधिकांश कर्मचारीको कुर्सी खाली थियो । कोठामा बत्ती बलिरहेका थिए भने पंखा फनफनी घुमिरहेका थिए । सेवा लिन आएका मोहन भुसाल कर्मचारीको पर्खाइमा थिए । चीनबाट आयात गर्र्न थालिएको स्टेसनरी सामग्रीको भन्सार गराउन उनी कागजपत्र बोकेर मूल ढोकामै उभिएका थिए ।

सेवाग्राही भनेको त उनी भन्सार एजेन्टका प्रतिनिधि रहेछन् । भन्सार कार्यालयमा करिब सबै काम एजेन्टमार्फत हुन्छ । दैनिक काम गराउन उनी कार्यालयमा आउँछन् । उनले एजेन्ट प्रतिनिधिका रूपमा काम गर्न थालेको ११ महिना भयो । उनी भन्सार विश्वासमा चलेको बताउँछन् । ‘हामीले जुन कागज ल्याउँछौं, त्यही सदर हुन्छ,’ उनले भने ।

१० बजेर २० मिनेट गयो । भन्सार अधिकृतको कक्ष, प्रशासन, लेखा, मुद्दा, आसीकुँडा, फाराम, मूल्यांकन, महसुल, वर्गीकरण तथा बेरुजुलगायत अधिकांश शाखामा कर्मचारी आएका थिएनन् । कुनै शाखाको ढोका खुला थियो भने कर्मचारीको कुर्सी खाली थियो । कुनैको भने ढोकै बन्द थियो ।

भैरहवा भन्सार कार्यालय ।

भन्सार अधिकृतको कार्यकक्षमा ठूलो स्वरमा टिकटक चलाउँदै गरेका एक युवक थिए, उनी पनि कर्मचारी कुर्दै थिए । ‘कहिल्यै समयमा कर्मचारी आउँदैनन्,’ उनले भने । उनी पनि एजेन्टकै प्रतिनिधि थिए । उनी आलुप्याजको भन्सार गराउन आएका रहेछन् । सत्यसाई क्लियरिङ ऐजन्सीका उनका अर्का साथी पनि भन्सार फाराम लिएर त्यहीं आइपुगे । ‘फारम रेडी छ, आलुप्याज कुहिन्छ भनेर सुरुमै आएको त यस्तो रहेछ,’ उनले भने ।

सोही समयमा एक कर्मचारी हतारमा आए । होलिडे कस्टम क्लियरेन्स सेवाका प्रतिनिधिले कर्मचारीलाई नमस्ते गरे । उताबाट जबाफ आयो, ‘नमस्ते ।’ हाम्रो छेउमा रहेका एजेन्ट प्रतिनधीले सुनाए, ‘उहाँ नै हो यहाँको इन्चार्ज ।’ जसरी हतारमा कर्मचारी कक्षमा आएका थिए उही रफ्तारमा उनी एउटा कागज लिएर गए । उनकै पछिपछि एकजना एजेन्ट प्रतिनिधि पनि लागे । एजेन्ट प्रतिनिधिले भन्दै थिए, ‘हेर्नुभयो, ध्यानै दिन्नन् । उहाँ यहाँ बस्नुपर्ने हो । तर अब हामी उहाँको पछिपछि लागेर काम गराउनुपर्छ ।’

यस्तै भन्सार एजेन्टका रुपमा आधिकारिक कुनै फर्म दर्ता नगरी काम गर्ने यहाँ थुप्रै छन् । भन्सार अधिकृतको कक्षमा एकजना यस्तै व्यक्ति भेटिए, पुष्पकुमार राई ९राई कान्छो० । उनको फर्म छैन । उनले महिनामा एक÷दुई वटा काम गराउने गरेको बताए । उनी पुराना एजेन्ट प्रतिनिधि हुन् । कर्मचारीसँग सेटिङ मिलाउन सक्ने भएकाले केही एजेन्टले उनलाई काम दिन्छन् । भारतीय दूतावासको केही सामानको भन्सारका लागि उनी कार्यालयमा पुगेका थिए । उनी सञ्जयकुमार शर्माको सञ्जय किलियरिङमा काम गर्छन् । उनलाई कर्मचारीले नसुहाउने गरी घुस लिएकोमा चिन्ता छ । ‘नाफाको २५ प्रतिशतसम्म घुस खुवाउनुपर्छ’, उनले भने, ‘रकम त नभनौं सर ।’

साइकलमा आउने वस्तुको भन्सार गराउन रोकिएका सामान ।

१०ः३० बजे एक भन्सार अधिकृत कक्षमा आए । सेवाग्राहीको भीड लागिसकेको थियो । उनले कुर्सीमा बसेर काम सुरु गरे । राई कान्छाको फाराम हेर्दै उनले सोधे, ‘विदेशी सामान छ कि छैन रु ’ जबाफ आयो, ‘छैन ।’ उनले सही गरेर पठाइदिए ।

अर्को फाराममा ती अधिृकतले भने, ‘३० किलो कम नगर, नत्र यहाँ मिलेर खाए भन्छन् ।’ एजेन्टका प्रतिनिधिले भन्सारमा छाप लगाउने काम आफंै गरिरहेको देखिन्थ्यो । लेखा शाखामा एजेन्ट प्रतिनिधिले भन्सार कार्यालयको छाप कागजपत्रमा लगाउँदै थिए । ‘कर्मचारीलाई लगाइदिन भन्दा आफैं लगाए छिटो हुन्छ,’ ती प्रतिनिधिले भने ।

११ बज्यो । एक नम्बर र दुई नम्बर दुवै गोदाममा कर्मचारी पुगेका थिएनन् । ट्रकबाट केही कामदारले सामान झार्दै थिए । दुई नम्बर गोदामका कामदारका अनुसार दिनमा खुद्रा साम्रगीका १२÷१५ वटा गाडी जाँच हुन्छन् । यहाँ जुन गाडीबाट सामान झार्‍यो त्यही गाडीमा लोड भएर जान्छ । एक नम्बर गोदाममा एउटा गाडीबाट सामान झारेर अर्कै गाडीमा लोड गरिन्छ । ‘कहिले धेरै सामान खोलेर हेर्छन् । कहिले ‘ठिक छ नि’ भन्दै सोध्दै सही धस्काएर पठाइदिन्छन्’, एक कामदारले भने । यही सामान जाँचकै क्रममा सबैभन्दा बढी लेनदेन हुन्छ । अधिकांश व्यापारी सामान ट्रकबाट झार्न नपरोस् भन्दै कर्मचारीलाई पैसा दिन्छन् । घुस लिएपछि कर्मचारीले जाँचै नगरी सामान पठाउँछन् ।

दलालको बिगबिगी

सीमादेखि भैरहवा बजारसम्म आउन निःशुल्क रूपमा सुविधापत्र उपलब्ध गराइन्छ । तर त्यसमा पनि कर्मचारीले असुली गर्छन् । भारतीय कार लिएर भैरहवा बजारसम्म जान भारतबाट आएका एक जना पर्यटकलाई दलालले सुविधापत्र बनाइदिन्छु भन्दै ल्याएका रहेछन् । ५० भारु लिएर ती दलालले सुविधापत्र बनाए । २० भारु कर्मचारीलाई दिए र ३० भारु आफूले राखे । अन्नपूर्णकर्मीले निःशुल्क उपलब्ध हुने सुविधापत्रमा किन रकम लिएको भन्ने प्रश्नमा ती दलाल ९सोमनाथ तिवारी० ले सुविधापत्र लिँदा पैसा बुझाउनैपर्ने भएकाले रकम लिएको बताए ।

भारत नौतनवाका सुग्रिम मौर्य । पेसाले किसान । उनी साताको ३÷४ दिन भारतबाट तरकारी लिएर भैरहवा बजारमा बिक्री गर्न आउँछन् । साइकलअगाडि हेन्डलमा दुईवटा झोला र पछाडि तरकारीको एउटा बोरा । यतिमा आठ सय कमाइ हुन्छ उनको । भन्सार नगराए उनले प्रत्येक भन्सार कर्मचारीदेखि सुरक्षाकर्मीको प्रत्येक ‘असुली स्टेसन’ २० रुपैयाँ बुझाउनुपर्छ । तनाव पनि हुन्छ । त्यसैले उनी भन्सार गराएर तरकारी लैजान्छन् । तर उनले ल्याएको तरकारीको मंल्याकन हचुवामा हुन्छ । मौर्यले जति केजी भन्छन्, सोहीअनुसार भन्सारको प्रज्ञापनपत्र तयार गर्छन् कर्मचारी । किनभने उनी जति पटक आउँछन् त्यती पटक उनले कर्मचारीसँग ‘कसेर हात’ मिलाउँछन् । मौर्य तरकारी लिएर आए । मुख्य सडकको पाइपमा साइकल अड्याए । भन्सार कार्यालयको यात्रु शाखा कक्षमा पसे । जहाँ तस्कर र दलालको भीड थियो ।

शाखामा ढाका टोपी लगाएका एक कर्मचारी फाराम भर्दै थिए । मौर्यले कर्मचारीको कानमा खासखुस गरे । बाहिर गए । फेरि भित्र आए । खल्तीबाट पैसा निकालेर गने । दुई सय ५० रुपैयाँ थियो । एक सय रुपैयाँ मुठीमा कसे र एक सय ५० रुपैयाँ खल्तीमा राखे । प्रज्ञापनपत्रमा आवश्यक तरकारी नाम, तौललगायत विवरण आफूखुसी बताए । प्रज्ञापनपत्र भरियो । भन्सार राजस्व ४ सय ६६ रुपैयाँ आयो । त्यसपछि मुठीमा कसेको एक सय रुपैयाँ उनले ती कर्मचारीलाई थमाए । कर्मचारीले पनि सुटुक्क यताउता हेर्दै गोजीमा भरे । राजस्व रकम भन्दा अतिरिक्त रकम किन दिनुभएको भनेर हामीले मौर्यलाई सोध्यौं । उनले जबाफ दिए, ‘कर्मचारीहरुले फाराम ९प्रज्ञापन पत्र० को पैसा लाग्छ भनेर माग्छन् त्यही भएर सधैं दिनुपर्छ ।’

मौर्यले कानमा खासखुस गरेजस्तै यात्रु शाखामा दिनभरि खासखुस चल्छ । जुन खुला किताबझै छ । जहिले सुकै, जति बेला पनि हेर्न सकिन्छ । तस्कर र दलालले भरिएको यस शाखामा सेटिङमा आएका लगभग सबै साम्रगीको कम मूल्यांकनमा भन्सार गरेर कर्मचारीले आफ्नो खल्ती भरिरहेका प्रस्ट देखिन्छ ।

अर्का एक व्यापारीले ६ सय रुपैयाँ घुस दिए । भन्सारबापत २ हजार ६० रुपैया राजस्व तिरे ।

भन्सार प्रमुख भट्टराई भने विगतमा भन्दा केही सुधार ल्याएको दाबी गर्छन् । ‘बानी लागेर पनि होला, कर्मचारीले चाहिन्न भन्दा पनि सेवाग्राहीले टेबलमा पैसा राखेर जान्छन्’, उनले भने । तर अन्नपूर्णको टोलीले भने टेबलमाथि नभई लुकेरै घुस लेनदेन गरिरहेको देख्यो ।

अनलाइन प्रणालीपछि केही सुधार

भैरहवा भन्सारमा ठूला–ठूला अनियमितताका काण्ड छन् । ती काण्डमा मुछिएका कर्मचारी अहिले पनि अख्तियारको छानबिनमा छन् । विगतमा एउटै प्रज्ञापनपत्रबाट धेरै ट्रक प्रवेश गराउने काम धेरै भए । अहिले भन्सार अनलाइन प्रणालीमा गएको छ । केन्द्रीय विभागबाटै यसको निगरानी गर्न सक्ने प्रविधिको विकास भएको छ ।

भन्सार प्रमुख भट्टराईले भन्सारमा धेरै सुधार आएको बताए । ‘हामीले मात्रै होइन, विभागले समेत यसको निगरानी गर्न सक्छ’, उनले भने । सीसीटीभी क्यामेरा राखिएको छ । उनले ९० प्रतिशत विकृति अन्त्य गरेको दाबी गरे ।

भन्सार गराएको कागज । बिलमा ४६६ छ तर उनले ७०० तिर्नुपरेको थियो ।

भट्टराईको दाबीमा एजेन्टहरूले पनि सहमति जनाए । ‘पहिलाजस्तो खुलेआम जतिबेला पनि घुस खान सक्दैनन् कर्मचारी’, एक एजेन्टले भने, ‘गाडी नै गायब पार्नेजस्ता काण्ड अब हुन गाह्रो छ ।’ भन्सार प्रवेश गाडी दर्ताका लागि अनलाइन प्रणाली थालिएको छ । गाडीमा आउने वस्तुअनुसार जाँच र निगरानी हुन्छ । जसका लागि रातो, हरियो र पहेंलो वर्ग छुट्याइएको छ । रातो वर्ग भनेको भन्सार छली हुन सक्ने बढी जोखिम भएका वस्तुहरुको आयात हो । हरियो र पहेंलोमा तरकारी, कोइलालगायत एउटा गाडीमा एउटा मात्रै वस्तु हुन्छ । यी गाडी प्रायः जाँच नै हुँदैनन् ।

तर यी सामान भिœयाउँदा दिनैपर्ने घुसको भने दररेट कायम छ । कुनै प्रकारको केमिकल बोकेको गाडीबाट १७ सय घुस लिइन्छ । औषधिजन्य छ भने १ हजारदेखि १५ सयसम्म बुझाउनुपर्छ । हरियो संकेतका गाडी भित्रिँदा कम्तीमा ५ सय बुझाउनैपर्छ । मार्बल, गाडीका पाटपुर्जा ल्याउने गाडी भिœयाएबापत २ हजारदेखि २२ सयसम्म दिनुपर्ने एजेन्टले बताए ।

जनशक्ति अभावका कारण सबै गाडीको जाँच गर्न नसकिएको प्रमुख भट्टराईले बताए । व्यापारीहरु सकेसम्म गाडी चेकजाँचका पक्षमा हुँदैनन् । एउटा गाडी जाँच गर्दा कम्तीमा ८ हजार खर्च हुन्छ । समयमा गन्तव्यमा सामान पुर्‍याउन सकिँदैन ।

व्यापार घाटा

भारतले लगाएको नाकाबन्दी ताका चर्चामा आएको भैरहवा भन्सारले अहिले राजस्व असुलीमा लक्ष्य भेट्टाउन सकेको छैन । यहाँबाट आउने क्लिङ्कर करिब शून्यमा झरेकाले समेत त्यो प्रभावित भएको हुन सक्छ । पछिल्लो समय खसी र माछा आयातमा कमी भएको छ । दसंैताका नेपाल भित्रिएका अटोमोबाइल्स साधनहरूको खपत नभएकाले भन्सारबाट आयात भएको छ । भन्सारले ३५ प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखेको थियो । अहिले २२ प्रतिशत मात्रै भएको छ ।

यहाँको आयात र निर्यातको अवस्थामा निकै अन्तर छ । १०० प्रतिशतमा ९८ प्रतिशत आयात र २ प्रतिशत निर्यातको अवस्था रहेको प्रमुख भट्टराईले बताए । भैरहवा भन्सारले फागुन महिनासम्म ५३ अर्ब ३८ करोड राजस्व असुली गरेको छ । चालु वर्षमा ९३ अर्ब ९५ करोड असुल गर्ने लक्ष्य छ ।

यो समाचार र तस्बीर आजको अन्नपूर्ण पोष्टको अनलाइन सस्करणवाट साभार गरिएको हो ।

error: Content is protected !!