खेलकुद

पाँचथर गोल्डकपमा आजा फाइनल खेल दार्जिलिङ र मोरङ उपाधीका लागि भीड्दै

पाँचथर : पाँचथर सदरमुकाम फिदिममा आयोजित तेस्रो वाइवाइ पाँचथर गोल्डकपमा उपाधीका लागि आज युनाइटेड फुटवल क्लव दार्जिलिङ र डिएफसी मोरङ भीड्ने भएका छन ।
दिँउसो ३ वजे फिदिम माविको खेल मैदानमा शुरु हुने खेलमा उनीहरुको भेट हुने पक्का भएको हो ।
दार्जिलिङले सेमी फाइनलमा हिमालयन सेर्पा क्लव काठमाण्डौ र मोरङले विजय युथ युथ क्लव हेटौडालाई हराँउदै फाइनमा पुगेको हो ।
फुटवलमा दुवै टिमविच पहिलो पटक फाइनलमा भेट भएको हो । यद्धपी दुवै टिमका कप्तानहरुले उपाधी जित्ने दाबी गरेका छन । दार्जिलिङका करण राइले आफुसँग मिडफिल्डर र गोलकिपर उत्कृष्ठ रहेकाले उपाधी जित्ने दाबी गरे ।
यस्तै मोरङका विक्रम लिम्बुले पनि डिफेन्स गोलकिपर र अन्य खेलाडीका कारण आफुहरुले उपाधी जितेरै छाड्ने बताए ।
चैत २३ गते शुरु भएको प्रतियोगितामा १० टिम सहभागी थिए । प्रथम हुने टिमले नगद ४ लाख र द्वीतीय हुनेले २ लाख नगद प्राप्त गर्नेछन ।
प्रतियोगिता पाँचथर क्लवले आयोजना गरेको हो ।

error: Content is protected !!