फिचर

चौंरी संरक्षणका लागि महोत्सव तेस्रो पटक महोत्सव


पाँचथर : हिमाली क्षेत्रका वासिन्दाको प्रमूख आय स्रोतका रुपमा लिइने चौंरी पालन व्यवसाय प्रवर्धनसँगै जैविक विविधता संरक्षण र पर्या पर्यटनको विकास गर्न भन्दै पाँचथरको फालेलुङ गाँउ पालिका ४ चाररातेमा चौरी महोत्सव आयोजना गरिएको छ । प्रत्येक नया वर्षमा आयोजना हुँदै आएको महोत्सवलाई यो वर्ष तेस्रो फालेलुङ चौरी महोत्सव नाम दिँदै फालेलुङ गाँउ पालिकाले आयोजना गरेको हो ।
सिक्किम र भारतसँग पुर्वी नेपालको पाँचथरलाई सिमाना जोडेको सिमावर्ती क्षेत्रमा आयोजित चौरी महोत्सवमा फालौट,सन्दकपुर,नेपालटार,तोरीफुले र चिवाभञ्ज्याङ क्षेत्रबाट झण्डै २ सय विभिन्न प्रजातीका चौरी प्रदशर्नीमा ल्याइएका थिए ।
महोत्सवमा चौंरीसँगै चौरीको दुध र रौवाट निमार्ण गरिएका विभिन्न सामग्री प्रदर्शनीमा राखिएको थियो । यस क्षेत्रमा विगतमा पर्याप्त चौरी गोठ रहेकोमा घट्दो अवस्थामा रहेको वताइएको छ । चरिचरन अभाव, हिमाली क्षेत्रमा शिक्षा स्वास्थ र रोजगारीका विकल्पहरु नरहेकाले व्यवसायी क्रमशः विस्थापित हुन थालेको अवस्थामा महोत्सवले आफुहरुमा उर्जा थपेको अगुवा चौरी पालक नरबहादुर खपाङगीले वताउनुभयो ।
महोत्सव उद्घाटन गर्दै १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र्रवहादुर आङवो –(मौसम) ले कृषि र पशु पालन व्यवसायमा आधुनिककरण गर्दै कृषक व्यवसायमा आकर्षण ल्याउने कार्यक्रम ल्याउन प्रदेशले सरकार योजना बनाइरहेको वताउनुभयो ।
प्रतिकुल मौसमका वावजुद महोत्सव हेर्न पाँचथर र ताप्लेजुङ सँगै छिमेकी मुलुक भारत,सिक्किम र भुटानसम्मबाट सरोकारवाला उपस्थित भएका थिए ।
कार्यक्रममा इलाम पाँचथर र ताप्लेजुङका चौंरी पालकसँगै स्थानीय तह जनप्रतिनिधिको उपस्थिति थियो । पछिल्लो समय हिमाली क्षेत्रवाट लोप हुँदै गएका चौंरीको संरक्षण सँगै स्थानीयका आय स्रोत बृद्धीका लागि छिमेकी जिल्ला ताप्लेजुङ र इलामका चौंरी पाइने स्थानीय तहसँग समन्वय गरे योजना समेत वनाउन लागिएको फालेलुङ गाँउ पालिका प्रमूख सञ्चकुमार केरुङको भनाई छ ।