Uncategorized मोफसल

पशु प्राविधिकलाई प्रदेश सरकारले दियो औजार र उपकरण

पाँचथर : १ नम्वर प्रदेश सरकार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पाँचथर जिल्लाका पशु चिकित्सकलाई औजार सहितका सामग्री हस्तान्तरण गरेको छ ।
विगतमा एक गाविस एक प्राविधिक कार्यक्रम अन्तरगत नियुक्ती भएर हाल विभिन्न गाँउ तथा नगरपालिकामा कार्यरत १४ जना पशु चिकित्सकका लागि उपचार,पोष्टमार्टम र बन्ध्याकरणमा आवस्यक पर्ने सामग्री वितरण गरिएको हो ।
फिदिममा आयोजित कार्यक्रम विच प्रदेश सरकार अन्तरगतको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले फिदिममा आयोजना गरेको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवो मौसमले सामग्री वितरण गर्नुभएको थियो ।
वितरण गरिएका सामग्री सम्वन्धित गाँउ र नगर पालिकाको जिन्सी खातामा दर्ता गरी पशु चिकित्सकले प्रयोग गर्नुपर्ने व्यवस्था छ । कार्यक्रममा प्रदेर र संघीय सरकार मात्रै नभएर प्रदेश र स्थानीय सरकार तथा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रविच समन्वय गर्ने संयन्त्र नहुँदा कार्यक्रम सञ्चालन गर्न कठिनाई भएको भन्दै प्राविधिक र कर्मचारीले संयन्त्रको आवस्यकता औंल्याएका थिए ।
प्रमूख अतिथिको आसनवाट वोल्दै मन्त्री आङवोल संयन्त्र वनाउन पहल गर्ने वताँउनुभयो ।